राज्यले बनाएको आइसोलेशनमा सुबिधा राम्रो नभएपछि बारामा कोरोना संक्रमितहरु होम आइसोलेशनलाई पहिलो प्राथमिक्तामा राख्न थालेका छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका कोरोना संक्रमितहरु होम आइसोलेशनलाई पहिलो प्राथमिक्तामा राख्न थालेका छन् । कोभिड १९ संक्रमितहरुका लागि जिल्ला जनस्वाथ्य कार्यालय बाराले निर्माण गरेको अस्थायी आईसोलेशनमा विरामीहरुका लागि राम्रो ब्यवस्था नभएपछि यस उपमहानगरपालिकाका कोरोना संक्रमितहरु घरकै आईसोलेशनलाई पहिलो प्राथमिक्तामा राखेका हुन् ।

बारा जिल्लामा पछिलो समय कोरोनाको संक्रमण बढेसंगै संक्रमितको ब्यवस्थापन पहिलो चिन्ताको विषय बनेको छ । जिल्लामा कलैया स्थित रहेको गंगापुरमा सय बेड आइसोलेशन भएपनि जील्ला भरीको भार त्यतीले थेगन नसकेको र त्यहाँ उचार गराउन जानेहरु पनि सुविधा राम्रो नपाएपछि यस उपमहानगरपालिकाका संक्रमितहरु होम आसोलेशनलाई पहिलो प्राथमिक्ता राखेका हुन् ।

बाराको कलैया उपमहानगरपालिका गंगापुरमा रहेको आइसोलेशनमा खाने पानीका साथै तातो पानी, खानाको समेत समस्या रहेको संक्रमित भएर ठिक भएकी सबिना थापाको भनाई छ ।

आइसोलशनमा सि.सि. क्यामरा त छ तर त्यसबाट निगरानी कसैले गरेको पाईदैन् । भित्रको फोहरहरुपनि आफैले सरसफाई गर्नुपर्ने सौचाल्य तथा पिसाब गर्ने ठाउँपनि उतिकै फोहर भएपनि त्यसलाई सफा गर्ने काम समयमा नहुदा अन्य रोगको संक्रमणले पनि च्यापन सक्ने थापको भनाई छ । राज्यले निर्माण गरेको अस्थायी आइसोलेशनलाई थप ब्यवस्थित गर्नुपर्ने थापाले संम्बन्धित निकायसंग आग्रह समेत गरीन ।

यता कोरोना संक्रमितहरुको पहिलो रोजाईमा होम आसोलेशन परेपनि यस्ता बिरामीहरुका लागि राज्य मौन बसेको होम आइसोलेशन भै संक्रमण मुक्त हुनुभएका शंकर खत्रीको भनाई छ । उनले होम आइसोलेशनमा बस्नेलाई राज्यको तर्फबाट कुनै सुविधा नहुनु र डाक्टरले समेत दैनिक अवस्था बारे जानकारी नराख्नु दुःखद भएको गुनासो गरे ।

उनले होम आइसोलशनमा बस्दा राती कुनै असहज परिस्थिती भए सल्लाह लिने कुनै श्रोत नभएकै कारण घरमा गाह्रो हुने भएपनि पारिवारि वातावरणका साथै खानपानको घरमा राम्रो प्रवन्ध हुने भएकाले होम आईसोलेशन बढि फाईदा जनक हुने उनको भनाई छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा हालसम्म एक हजार ५ सय २३ जना मध्ये एक सय २५ जना कोरोना संक्रमित भएको अस्थायी कोरोना अस्पताल सिमराका डाक्टर दिपक गिरीले जानकारी दिए ।

शुरु शुरुमा राज्यले होम आइसोलेशनको मापदण्ड नबनाएका कारण हामीले बाध्य भएर जिल्लाको गंगापुरमा बिरामीलाई पु¥याउने गरेको तर अब मापदण्ड पुरा गरेका करिब ७० जना कोरोना संक्रमित आफ्नै घरमा आसोलेट भएर बसेको डाक्टर गिरीले जानकारी दिए । उनले एक्लै सबै तिर हेर्नुपर्ने भएकोले अलि गाह्रो भएपनि आफुले सकेजती सबैलाई सहज सेवा दिदै आएको समेत जानकारी दिए ।

बारा जिल्लामा हालसम्म ९७ जना आइसोलेशन र ३ सय ५० जना होम आइसोलेशनमा रहेको छन् । हालसम्म बारामा हालसम्म ७ सय ५७ जना व्यक्ति कोभिड १९ कोरोना भाईरसबाट संक्रमण भईसकेका छन् भने दिनहुँ संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । जसमध्य २९५ जना संक्रमुक्त भई घर फर्किए भने १५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय