प्रहरीले बाराको निजगढबाट २ नाल भरुवा बन्दुक र केही खजनासहित बाबुछोरालाई शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर– १ पिपलटारका ५७ वर्षका बाबु प्रेमबहादुर स्याङ्गतान र उनका छोरा वर्ष ३३ का जनक रहेका छन ।

इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट सिगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरी नेतृत्वको टोलीले बारुद लोड भएको भरुवा बन्दुक २ थान र त्यसमा प्रयोग हुने खजनासमेत बोकेर हिडदै गरेको अवस्थामा बाबुछोरालाई राति १०ः५० बजे बारा र रौतहटको सिमानामा पर्ने धन्सार खोला बगरबाट नियन्त्रणमा लिइएको हो ।

निरीक्षक थपलियाकाअनुसार उनीहरुको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा ३५ थान, पलामको ७ थान सानो टुक्रा र शिशाको बोतलमा राखिएको अन्दाजी २ सय ५० मिलिलिटर बारुदसमेत बरामद भएको निरीक्षक थपलियाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालत बारामा आइतबार पेस गरी थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय