कमलादीमा भेटिएको साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनकाण्डमा फरार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।

घटना भएको दिन काठमाडौंको कमलपोखरीबाट बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजी कार्य तीव्र बनाएको थियो ।

साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परेका छन् । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।

खोजीकै क्रममा काठमाडौं प्रहरी परिसरको समन्वयमा पर्सा र बाराको टोलीले बाराको निजगढबाट उनलाई नियन्त्रणमा लिएको हो । आज बिहान करिब ९ः४० मा निजगढ नगरपालिका वडा नं. ९ स्थित बुद्व चोकबाट ईलाका प्रहरी कर्यालय निजगढको टोलिले उनलाई प्रक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय निजगढका प्रहरी निरिक्षक बिकाश थपलियाले अन्सारीलाई दुरुस्त फिल्मी शैलीमा नियन्त्रणमा लिन सफलभएको स्थानिएले बताए ।

सोतका अनुसार प्रहरीले अन्सारीलाई आजै काठमान्डै लैजाने तयारी गरिएको र हाल उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको सोत बताईएको छ ।

बाराको प्रस्टोखा–२, हरपुर घर भइ हाल वीरगञ्जमा बस्ने अन्सारी पेट्रोल पम्प सञ्चालक समेत हुन् । उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी समेत थिए । उनी नक्कली नोट कारोबारमा प्राय मुछिइरहेका हुन्छन् ।

यसअघि पनि उनी पटक पटक पक्राउ परिसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय