लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको सयुक्त आयोजनामा तथा लायन्स क्लव अफ निजगढ सिटिको सहकार्यमा सुरु भएको सप्ताहाव्यापी वृक्षारोपण कार्यक्रम आज समापन भएको छ ।

गत श्रावण १० शनिबारबाट सुरु भएको उक्त कार्यक्रम निजगढ नगरपालिका कार्यालय भवन परिशरमा फुलका विरुवा रोपेर अभियान थालनी गरिएको थियो भने ८ दिन संचालनमा रहेको वृक्षारोपण कार्यक्रम आज निजगढ नगरपालिकाको वडा नम्बर १३ डम्बरपुरमा पुगेर सम्पन्न भएको हो ।

कहाँ कहाँबाट सहयोग प्राप्त भयो ?
सप्ताहाव्यापी वृक्षारोपण कार्यक्रमका लागि जिल्ला डिभिजन वन कार्यालय बारा, राष्ट्रपति चुरे तराई(मधेश संरक्षण विकास समिती कार्यक्रम कार्यान्वयन ईकाई कार्यालय भरतपुर, चितवनबाट सहयोग प्राप्त २५ हजार फलफुल तथा विभिन्न प्रजातिका बोटविरुवा सहयोग प्राप्त भएको थियो ।
यस्तै निजगढ नगरपालिका बाट २ वटा ट्रयाक्टर ढुवानी सहयोग गरिएको थियो ।

कहाँ कहाँ पुग्यो साताव्यापी बृहत वृक्षारोपण?
कार्यक्रमको सुरुवात निजगढ नगरपालिका कार्यालय भवन परिशरमा फुलका विरुवा रोपेर सोहिदिन निजगढको राजमार्गको पुर्ब भमरा देखि पश्चिम बजारको बुद्ध चोक सम्मको दाया तथा बायामा रहेको घरघरमा पुगेर बुरुवा हस्तान्तरण गरिएको थियो ।

दोस्रो चरणमा निजगढ नगरपालिकाको शहिद चोक देखि उत्तर बाग्देब सम्म पुगेर घरघरमा बुरुवा हस्तान्तरण गरिएको थियो ।

तेस्रो चरणमा साबिक गाबिस भरतगंज सिंगोल हाल निजगढ नगरपालिकाको वडा नम्बर १, २ र ३ को घरघरमा पुगेर बुरुवा हस्तान्तरण गरिएको थियो ।

चौथो चरणमा निजगढ नगरपालिकाको वडा नम्बर ४ पुरानो निजगढ र ९ को ठाडोलाईन, स्वास्थ्य चौकी लगाएत स्थानमा पुगेर घरघरमा बुरुवा हस्तान्तरण गरिएको थियो ।

पाँचौं चरणमा साबिक गाबिस लाल र रतन्पुर हाल निजगढ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ को घरघरमा पुगेर बुरुवा हस्तान्तरण गरिएको थियो ।

कसरी भयो समापन?
सप्ताहाव्यापी वृक्षारोपणको समापन कार्यक्रममा साम्सद उमाकान्त चौधरीको प्रमुख अथिती रहेको थियो भने बिशिष्ट अथितीको रुपमा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल रहेका थिए ।

लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जैसवाल.सभापति रहेको उक्त कार्यक्रममा लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट पवन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने लायन्स क्लव अफ निजगढका पुर्ब प्रेसिडेन्ट प्रभात सिगदेलले कार्यक्रम संचालन गरेका थिए ।

सप्ताहाव्यापी वृक्षारोपण कार्यक्रम भर लायन्स क्लवका पुर्व जेन चियर प्रर्सन दिपेन्द्र क्षेठ, पिसका पुर्ब प्रेसिडेन्ट बिकास लामा, पदम प्रसाद तिमल्सिना, र पहिले भाईस प्रेसिडेन्ट रन्जन लामिक्षाने लगायत अन्य सदस्यको उपस्थीति रहेको थियो ।

समापन कार्यक्रममा राजनैतिक दल, जनप्रतिनिधि, पत्रकार, वन समूह, बित्तीय संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय