समुदाय स्तरबाट काेराेना संक्रमणकाे जाेखिम बढे पछि बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकामा निषाेधाज्ञा जारी गर्नुका साथै एक घर एक पी.सि.आर परिक्षणकाे माँग गरिएकाे छ ।
जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुँने देखिएकोले जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले निषेधाज्ञा जारी गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग माँग गरेको हाे ।
सरोकार समितिको सिमरामा शुक्रवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस क्षेत्रमा रहेका उद्योगहरुले कोरोना परिक्षण बिना नैं भारतबाट मजदुर ल्याएर उद्योग सञ्चालन गरेको र छिमेकी जिल्ला पर्सामा समेत निशेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरीकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोवार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएकाे समितिका संयाेजक मनाेज पाैडेलले बताए ।
यस जिल्लामा निषेधाज्ञा जारी गरि एक घर एक पी.सि.आर परिक्षण गर्नका लागि नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय तहसँग जोडदार माँग गर्ने निर्णय गरिएकाे संयोजक पौडेलले जानकारी दिए ।
त्यसका साथै बैठकले सिङ्गो बारा जिल्लामा आइसियु र भेन्टिलेटर सहिँतको अस्पताल नभएको अवस्थामा सिमरा, पथलैयामा आइसियु सहिँतको सुविधा सम्पन्न कोरोना संक्रमितको उपचार हुँने गरी तत्काल अस्पताल सञ्चालनमा ल्याउँन माँग गरिएको उनले बताए ।
सरोकार समितिका संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा, कर्ण थापा, नारायण घिमिरे, राजु राज गिरी, रमेस सापकोटा, पेसल मुल्मी लगायतको सहभागिता रहेको थियो ।
ADVERTISEMENT