श्याम गुप्ता, बिरगंज
काेराेना संक्रमणका कारण बिरगंजमा थप दुई जनाकाे मृत्यु भएको पुष्टि भएकाे छ ।
बिरगंजकाे गण्डक स्थित कोभिड अस्थायी अस्पतालमा उपचारर्त एक ६८ वर्षिय पुरुषको कोरोना सङ्क्रमणबाट बुधवार बिहान पाैंने एघार बजे मृत्यु भएको हो ।
मुटु राेटबाट ग्रसित स्थानीय एक निजी अस्पतालमा उपचार गराई रहेका ती बिरामीमा काेराेना पोजेटिभ पुष्टि भएकाे थियाे ।
काेराेना संक्रमणका कारण उनी साउन ८ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।
पछिल्लो ६ दिन देखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेका ६८ वर्षीय ती पुरुषको बुधवार उपचारको क्रममा बिहान पौने ११ बजेकाे समयमा निधन भएको अस्पतालका संयाेजक डा.उदय नारायण सिंहले जानकारी दिए ।
मृतक पुरुष बिरगंज महानगरपालिका वडा नं.५ रेशमकोठी निवासी रहेको संयाेजक डा.सिंहले जानकारी दिएका छन् ।
मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाईएको अस्पता श्राेतले जनाएको छ ।
त्यस्तै बिरगंजकाे नेशनल मेडिकल कलेजमा उपाचारका क्रममा रहेका उमेर र ठेगाना नखुलेका व्यक्तिको पनि काेराेना संक्रमणका कारण बुधवार मृत्यू भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेले जानकारी दिएका छन् ।
काेराेना संक्रमणका कारण बुधवार ज्यान गुमाएका दुई जना सहिँत पर्सामा हाल सम्म एक भारतीय र आठ जना गरि जम्मा १० जना कोरोना संक्रमितहरूको मृत्यु भईसकेको छ ।
ADVERTISEMENT