परिवारबाटै ज्यान गुमाएकी हेटौडाकी सुस्मिता केशीको सम्झनामा बाराको निजगढ महिलाहरुले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।
सुस्मितालाई आर्थिक लोभ र यौन दुव्र्यवहारको घटना लुकाउन ससुरा, सासु र नन्दले हत्या गरेको सार्वजनिक भईसकेको छ ।
सुस्मिता हत्या प्रकरणबाट देशका विभिन्न ठाउँमा मेचि महाकाली बुहारी संयुक्त आवाजको आह्वानमा श्रद्धाञ्जली र शान्तिपूर्ण प्रदर्शन भईरहेको छ ।
बाराको निजगढका महिलाको समूहले शहीद चोकमा राखेको श्रद्धाञ्जली सभामा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले सम्बोधन गर्दै महिला हिंसा विरुद्ध महिलाहरुले आवाज उठाउन आवश्यक रहेको बताईन् । उनले महिलाहरु एक जुट भएर अपराधिक घटनाको सूचना दिने काम गर्नुपर्ने समेत बताईन् ।
महिलाहरुले हत्या जस्तो जघन्य अपराध गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताईन् । उनले कानून संसोधन गरेर मृत्यूदण्डसम्मको सजाय दिनुपर्ने धारणा राखिन् ।
कार्यक्रम संयोजक सावित्री बराल तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा महिला नेतृ सावित्रि भारती, दुर्गा कोईराला, मिना लामा, विष्णु नेपालको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सगुन लामा र उषा थापा मोक्तानले गरेको गंगामाया श्रेष्ठले जानकारी दिईन् ।
ADVERTISEMENT