चीनमा विगत २४ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमित फेला परेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशबाट यात्रा गरेर हाइनान प्रान्तमा आएका ६ जनामा कोरोना संक्रमण देखिएको हो । नेशनल हेल्थ अमिसनका अनुसार पाँच जना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन ।

यसको एक दिन अगाडि चीनमा तीन जना कोरोना संक्रमित फेला परेका थिए ।

जोन्स हप्किन्स विश्वविद्यालयको वेबसाइटमा राखिएको तथ्यांकअनुसार चीनमा ८४ हजार भन्दा बढी संक्रमित छन् भने हालसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमण सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान शहरमा फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय