अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ ।

कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो ।

ट्रम्पले भने– हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको छु

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको बताएका छन् । जबकी यसअघि मलेरियाका बिरामीलाई दिइने यो औषधिको ट्रम्पले खिल्ली उडाएका थिए ।

सोमबार पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले भने, ‘मैले करिब डेढ हप्तादेखि यो औषधि खाइरहेको छु, त्यसैले म यहाँ उपस्थित हुन सकेको छु । तपाईंले देखिरहनु भएको छ । मेरो तर्फबाट यही नै प्रमाण हो । यसबारे धेरै सकारात्मक फोन आइरहेको छ ।’

केही वैज्ञानिकहरुले हाइड्रोक्लोरोक्विनबाट कोरोनाविरुद्ध लड्न मद्दत मिल्छ भनेपछि अमेरिकाले यो औषधि भारतबाट समेत किनेको थियो ।

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसविरुद्धको औषधि अझै पत्ता लागेको छैन तर हाइड्रोक्लोरोक्विन औषधिले रोगप्रतिरोधात्मक क्षमता बढाउने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय