विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख २० हजार नाघेको छ । संक्रमणबाट ३ लाख १७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार ९ सय नाघेको छ । अमेरिकामा १५ लाख २७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या दुई लाख ९० हजार नाघेको छ भने दुई हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमण रुसमा देखिएको छ ।

संक्रमणबाट बेलायतमा ३४ हजार ६ सय, इटलीमा ३१ हजार ९ सय, स्पेनमा २७ हजार ६ सय र फ्रान्समा २८ हजार १ सयभन्दा बढीको ज्यान गइसकेको छ । भारतमा कोरोना संक्रमितको संख्या ९६ हजार १ सय नाघेको छ भने ३ हजार २९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ४२ हजार १ सय २५ पुगेको छ । त्यहाँ ९ सय ३ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर १८ लाख ६४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय