निजगढ,       निजगढ प्रहरीले निजगढ नगरपालिकामा बुधवार राति चोरी भएका ६ मध्ये ४ वटा मोटरसाइकल बरामद गरी धनीलाई बुझाएको छ ।

नगरपालिकाका विभिन्न स्थानबाट चोरहरुको समूहले बुधबार राति पटक पटक गरी ५ वटा मोटरसाइकल र १ स्कुटी चोरी गरेको थियो ।

प्रहरीले चोरी भएका ३ वटा मोटरसाइकल र एउटा स्कुटी सोही रात बरामद गरी सम्बन्धित धनीलाई बिहीबार दिउसो बुझाएको हो भने थप २ वटा मोटरसाइकल र चोर समूहको खोजी कार्य भइरहेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारी अनुसार प्रहरीले निजगढ ८ स्थित बासु थापाको थापा रिकण्डिसनबाट चोरी भएको प्र २ ०३ ००१ प २१७ स्कुटी र सोही रिकण्डिसनबाट चोरी भएको बा प्र ०२ ०२९ प ०६१७ मोटरसाइक तथा गौरीशंकर मावि निजगढ ८ नजिकैबाट सुनिल साहको चोरी भएको प्र २ ००३ ००५ प ८८७१ टि भि एस मोटरसाइकल र निजगढ १ सिंगौलबाट बुद्ध सिं लोप्चनको घरबाट चोरी भएको म प्र ३२५ प ३९३० मोटसाइकल बरामद गरी धनीलाई बुझाएको हो ।

सोही समूहले राति बजे निजगढ ८ को औतारटोलमा चोरी गरेको सुब्बा सिंह बजु र निजगढ ८ स्कुल टोलबाट चोरी भएको दिपु कृष्ण चौधरीको प्र २ ०३ ००९ प ५२२६ र अवतार टोलबाट चोरी भएको सुब्बा सिं बजुको नम्बरको मोटरसाइकल भने अझै फेला पार्न सकेको छैन । प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार सबै मोटरसाइकल एउटै समूहले चोरी गरेको हो र चोरीको घटना राति ९ः३० बजेदेखि बिहान २ बजेभित्र भएका थिए ।

 

सिंगौलबाट लोप्चनको मोटरसाइकल चोरी गरी निजगढतर्फ ल्याउदै गरेको भन्ने खबरको आधारमा निजगढ प्रहरीले सो समूहको निगरानी सुरु गरेको थियो । यसक्रममा सिंगौलबाट जंगलको कच्ची बाटो हुँदै निजगढ ६ को धियाल टोल निस्किएका चोरहरुले प्रहरीले पछ्याएको थाहा पाएपछि निजगढ ८ को खयरघारीमा उक्त मोटरसाइकलसहित अर्को एउटा मोटरसाइकल पनि छोडेर फरार बनेका थिए ।

प्रहरीले पिछा गर्दै पुगेपछि खयरघारीबाट भागेका चोरहरुले थापाकाजी रिकण्डिसनबाट स्कुटी र मोटरसाइकल तथा गौरीशंकर मावि नजिकबाट २ वटा र औतारटोल अर्को एउटा मोटरसाइकल पनि चोरी गरेको निरीक्षक अधिकारीले जानकारी दिनुभयो । ‘रिकण्डिसनबाट चोरी गर्दैगर्दा प्रहरी पुगेपछि फेरि भागे, निरीक्षक अधिकारीले भन्नुभयो, सोही समूहले गौरीशंकर स्कुल नजिक पुगेर २ वटा मोटरसाइकल चोरी गरेका हुन ।’

प्रहरीले पिछा नछोडेपछि साहको मोटरसाइकल निजगढ ९ को ठाडोलाइनमा गौरीशंकर क्याम्पस नजिक पु¥याएर छाडेर चोरहरु भागेको निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच प्रहरीले निजगढ क्षेत्रमा केही दिनदेखि रातिको समयमा चर्को आवाज निकालेर चाइने गरिएको मोटरसाइकल सोही समूहले प्रयोग गर्दै आएको पाइएको बताएको छ ।
खयरघारीमा सिंगौलका लोप्चनको मोटरसाइकलसंगै बरामद भएको उक्त मोटरसाइकलबाट साइलेन्सर पाइप निकालिएको र मोटरसाइकलबाट फर्किने क्रममा पनि चर्को आवाज निकालेर चलाइएको पाइएको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय