निजगढ,       छिमेक लघुबित्त वित्तीय संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सो संस्थाको निजगढ शाखाका कर्मचारीहरुले आज दिउसो निजगढ ९ को नदीकट्टास्थित वाश्यश्वर महादेव मन्दिर परिसरमा धार्मिक तथा जडिबुटका विरुवा रोपेका छन ।

संस्थाका कर्मचारीहरुले मन्दिर अगाडिको पश्चिम तर्फको खाली क्षेत्रको जमिनमा अशोक, रुद्राक्ष, कपुर, धुपी र अमला जातका गरी २५ थान विरुवा रोपेका हुन ।
सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत मन्दिर परिसरमा वृक्षारोपण गरिएको संस्थाको निजगढ शाखा प्रमुख राम रतन बछारले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा संस्थाका कर्मचारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय