निजगढ,
निजगढ नगरपालिका– ११ रतनपुरमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा घाइते एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिका– ७ धोधर्पाका २४ वर्षीय राहुल सहनी रहेका छन् ।

डम्बरपुरको शक्ति खोला घुमेर घर फर्किने क्रममा सहनी सवार म.प्र.०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल तपस्वी स्थल नजिकै अनियन्त्रित भइ हिजो साँझ ५.३० बजे आफैं दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते सहनीको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । छातीमा चोट लागेका उनलाई निजगढस्थित सामुदायिक अस्पतालबाट थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो । अस्पताल पुगेको केही समयपछि उनको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सहनीका साथी सोही ठाउँका २३ वर्षीय जंगी सहनी पनि घाइते भएका छन् । सामान्य घाइते सहनीलाई इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय