निजगढ,       घर जग्गाको व्यवसायिक कारोबार गर्ने उद्देश्यले सञ्चालित जे एनडी ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडले निजगढ नगरपालिकामा पनि शाखा कार्यालय स्थापना गरेको छ ।

निजगढ ८ बुद्धचोक क्षेत्रमा स्थापना गरिएको कार्यालयको आज एक कार्यक्रमबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरीले उद्धाटन गर्नुभएको हो । कार्यालय उद्धाटन कार्यक्रममा निजगढ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, पूर्वनगर प्रमुख सुरेश खनाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

रौतहटको चन्द्रनिगाहापुर लगायत देशका विभिन्न क्षेत्रमा घरजग्गाको कारोबार गर्दै आएको सो कम्पनीले अब निजगढ क्षेत्रमा पनि व्यवसायिक रुपमा घर, घडेरी र जमिनको खरिद बिक्री गर्ने छ ।

काठमाण्डौं– तराई÷मधेस द्रुतमार्गको प्रस्थान विन्दुको र प्रस्तावित दोस्रो अन्तर्राष्टिय विमानस्थल क्षेत्रसमेत रहेको निजगढ घर जग्गा कारोबारको दृष्टिले उर्वर मानिन्छ । निजगढमा यसअघि पनि व्यक्तिगत रुपमा ठूलो परिमाणमा घर जग्गाको कारोबार हुदैआएको छ । संघीय राजधानी काठमाण्डौंलगायत देशका विभिन्न क्षेत्रका व्यवसायी र सर्वसाधारणले निजगढमा जमिन जोडेका छन ।

कम्पनीले अब निजगढमा पनि कानुनी र व्यवसायिक रुपमा जग्गाको कारोबार गर्ने कम्पनीका कार्यालय प्रमुख नवराज तिमल्सिनाले बताउनुभयो । कार्यालय उद्धाटन भएकै दिन आज दर्जनौं सेवाग्राहीहरुले जमिन खरिद र बिक्रीको लागि कम्पनीमा संम्पर्क गरेको पनि तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीसंग हाल बिक्रीको लागि १५ कठ्ठाभन्दा बढी प्लटिङ्ग गरिएको घडेरी जमिन र पक्की घरसहितको घडेरी पनि छ ।

कार्यालय प्रमुख तिमल्सिनाका अनुसार घर जग्गा बिक्री र खरिद गर्न चाहने सेवाग्राहीहरुले कार्यालयमा सम्पर्क गर्नसक्ने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय