निजगढ,      रेविज रोगको न्युनीकरण गर्न निजगढ नगरपालिकाले निजगढको रतनपुरमा संचालन गरेको बन्ध्याकरण तथा भ्याक्सिनेसन शिबिरमा २५० वटा सामुदायिक (भुस्याहा) कुुकुरहरुको बन्ध्याकरण गरिएको छ ।

निजगढ वडा नम्बर १०, ११, १२ र १३ का सामुदायिक कुकुरहरुलाई लक्षित गरी दुई दिनसम्म संचालन गरिएको बन्ध्याकरण तथा भ्याक्सिनेसन शिबिरमा पशु चिकित्सकहरुले भाले तथा पोथी कुकुरहरुको शल्यक्रिया विधिबाट बन्ध्याकरण गरेका हुन ।

नगरपालिकाका पशु स्वास्थ्य कार्यकर्ताहरुले रतनपुरका ४ वटै वडाका टोल टोलमा पुगेर नियन्त्रणमा लिएका सामुदायिक कुकुरहरुलाई ल्याएर शिविरमा शल्यक्रिया गरिएको नगरपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार नगरमा सामुदायिक कुकुरको संख्या व्यवस्थापन गरेर सर्वसाधारण र घरपालुवा चौपायहरुलाई रेबिज लगायत रोगको जोखिमबाट मुक्त पार्न छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।

निजगढ नगरपालिकाले गत वर्ष पनि शिबिरमार्फत निजगढका ३५० वटा भुस्याहा कुकुरको बन्ध्याकरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय