निजगढ,      लायन्स क्लव अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको वार्षिक सभा शुक्रवार सम्पन्न भएको छ ।

सभाले लायन्स निजगढको प्रेसिडेन्टमा निजगढका पुस्तक तथा स्टेशनरी व्यवसायी निर्मल भण्डारी र निजगढ युथको प्रेसिडेन्टमा युवा व्यवसायी सुदर्शन थपलियालाई चयन गरेको छ ।


निजगढको फार्मस क्याफेमा भएको निजगढ सिटीको ७औं वार्षिक सभाबाट सर्वसम्मत चयन गरिएको नयाँ कार्यसमितिको फस्ट भाइस प्रेसिडन्टमा युगलकिशोर सिंह, सेकेन्ड भाइस प्रेसिडन्टमा अनिश पोखरेल र थर्ड भाइस प्रेसिडन्टमा दिलिपकुमार यादव चुनिनु भएको छ ।

त्यस्तै सो क्लबको सचिवमा नविनकुमार खनाल र कोषाध्यक्षमा समुन्द्र नेपाल चयन हुनुभएको प्रेसिडन्ट भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी शुक्रवार नै निजगढको होटल राजमार्गमा भएको लायन्स क्लब अफ निजगढ युथको वार्षिक सभाले फस्ट भाइस प्रेसिडन्टमा इन्दिप कोइराला, सेकेन्ड भाइस प्रेसिडन्टमा अन्कित खडकालाई चयन गरेको छ ।

निजगढ युथको सचिवमा दिनेश परियार र कोषाध्यक्षमा सन्जीवकुमार यादव चुनिनुभएको छ ।

समाजसेवी संस्थाको रुपमा रहेका दुबै लायन्स क्लबहरुले निजगढ क्षेत्रमा स्वास्थ्य शिविर, प्राकृतिक विपत्तिमा परेकाहरुको लागि उद्धार र सहयोग कार्यक्रम संचालन गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय