कलैया, जीतपुरसिमरा उपमहानगरपालिकास्थित नन्दन घ्यू एण्ड आयल इण्डष्ट्रिज प्रा.लि. ले अर्को कम्पनीको ट्रेडमार्क प्रयोग गरेकोभन्दै जिल्ला प्रशासन कार्यालय बाराले नक्कली ट्रेडमार्कको प्रयोग गरी बस्तु उत्पादन तथा बिक्री तत्काल रोक्न आदेश दिएको छ ।
कार्यालयले यही बैशाख २३ गते पठाएको पत्रमा उद्योग विभाग, कानून शाखा, त्रिपुरेश्वर काठमाडौंको पत्रअनुसार नन्दन घ्यू एण्ड आयल इण्डष्ट्रिज भारतस्थित अडानी विलमर लिमिटेडकोतर्फवाट अख्तियार प्राप्त पायोनियर ल एसोसिएट्स प्रा.लि.को नाममा दर्ता रहेको FORTUNE नामक ट्रेडमार्कको नक्कल गरी आफ्नो नाममा दर्ता भएकोभन्दा फरक UTURE नामक ट्रेडमार्क प्रयोग गरेर वस्तु उत्पादन तथा बिक्री वितरण गरेको देखिएकोले सो कार्य नगर्न भनेको हो ।
जिल्ला प्रशासन कार्यालयले सो सम्बन्धमा परेको उजुरीको अन्तिम किनारा नलागेसम्मको लागि उक्त कार्य तत्काल रोक्न आदेश दिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत दिपेन्द्रप्रसाद यादवको हस्ताक्षरमा कम्पनीको नाममा पठाएको पत्रमा पछि ठहरे बमोजिम हुने हुँदा हाललाई विपक्षीले ग्त्ग्च्भ् नामक ट्रेडमार्क प्रयोग गरी वस्तु उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन भनिएको छ ।
पत्रमा मुलुकी देवानी कार्याविधि संहिता, २०७४ को दफा १५६ बमोजिम विभागबाट विपक्षीको नाउँमा चैत्र ११ गते अन्तरकालिन आदेश जारी भएको हुँदा घ्यू एण्ड आयल इण्डष्ट्रिजले पनि सोही बमोजिम अर्को आदेश नभएसम्म अर्को कम्पनीको ट्रेडमार्कसँग मिल्दो जुल्दो ट्रेडमार्क प्रयोग गरी वस्तु उत्पादन तथा विक्री वितरण नगर्न÷नगराउनु हुन आदेशानुसार सूचित गरिएको जनाइएको छ ।



