नेपालका पुर्व युवा तथा खेलकुद मन्त्री एवंम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पुरूषोत्तम पौडेलको वाट्सएप अकाउन्ट ह्याक भएको छ। आइतबार दिउँसो उनको व्यक्तिगत वाट्सएप अकाउन्टमा अनधिकृत पहुँच भएको जानकारी सार्वजनिक गरिएको हो।

पुरूषोत्तम पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै आफ्नो नाममा रहेको ९८५११९७६३८ नम्बरको वाट्सएप अकाउन्ट ह्याक भएको बताएका छन।

उनका अनुसार ह्याकरले अकाउन्ट नियन्त्रणमा लिएपछि विभिन्न व्यक्तिलाई सन्देश पठाउने वा दुरुपयोग गर्न सक्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ। उनले आफ्नो अकाउन्टबाट आउने कुनै पनि सन्देशप्रति विश्वास नगर्न र आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन।

यस घटनापछि साइबर सुरक्षासम्बन्धी सचेतना अझै आवश्यक रहेको देखिएको छ। सम्बन्धित निकायले घटनाको अनुसन्धान थालेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय