निजगढ,     निर्वाचन प्रचारको अन्तिम दिन आज नेकपा एमाले बारा क्षेत्र नम्बर १ का उम्मेदवार अच्युत मैनालीले निजगढको पूर्वपश्चिम राजमार्गमा चुनावी घरदैलो गर्नुभएको छ ।

उम्मेदवार मैनालीले दिउसो १ बजे निजगढ वडा नम्बर ८ को बकैयाबाट शुरु गर्नुभएको सो घरदैलो निजगढ ७ को भमरा पुल हुदै वडा नम्बर ९ को शहिद चोकमा पुगेर समापन गरिएको थियो ।
घरदैलो कार्यक्रममा एमाले नेता एंव पूर्वमन्त्री पुरुषोत्तम पौडेललगायत सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । आजको घरदैलोपछि एमालेले निजगढका सबै वडाहरुमा चुनावी घरदैलो पूरा गरेको छ ।

त्यसैगरी नेकपाका उम्मेदवार सन्तोष दङ्गलले पनि आजै निजगढसहित क्षेत्रका विभिन्न पालिकामा चुनाव प्रचारको लागि मोटरसाइकल ¥याली आयोजना गर्नुभएको छ । सयौंको संख्यामा सहभागी नेकपाका कार्यकर्ताहरुले क्षेत्र नम्बर १ को सिम्रौनगढदेखि निजगढका विभिन्न गाउँमा मोटरसाइकल ¥याली प्रदर्शन गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय