निजगढ,     निजगढ ९ स्थित गुरुङ्ग होटलमा अघिल्लो महिना मृत फेला परेकी निजगढ १२ की सीता थिङ्गको हत्या अभियोगमा जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियावस्ति ३५ वर्षीय युवक महेश माझीलाई पुपक्र्षको लागि वीरगञ्ज कारागार चलान गर्ने आदेश दिएको छ ।

सोही घटनामा पक्राउ परेका टाँगियाबस्तिकै ३६ वर्षिय सुनिल बम्जन र निजगढ ९ की वर्ष एक १८ की किशोरीलाई भने धरौटीमा रिहा गर्ने निर्णय गरेको छ ।

घटनाका मुख्य अभियुक्त मानिएका माझीलाई जिल्ला अदालतले पुर्पपक्षमा जेल पठाउने अन्य २ जनालाई जनही ६÷६ लाख रुपैया धरौटीमा रिहा गर्ने आदेश दिएको निजगढ प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार धरौटी रकम बुझाएर सुनिल बम्जन बिहीवार नै रिहा भएका छन भने अदालतले तोकेको रकम बुझाउन नसकेपछि निजगढकी युवतिलाई पनि वीरगञ्ज कारागार पठाइएको छ ।

निजगढ नगरपालिका ९ बुद्धचोकस्थित गुरुङ होटलमा निजगढ नगरपालिकाको कुलिया घर भएकी २५ वर्षीया थिङ्गको गत बैशाख २५ गते राति शंकास्पद अवस्थामा शव फेला परेको थियो ।
माझी, बम्जन र अर्की किशोरीसँगै साँझ होटलमा पुगेकी थिङ्ग राति ११ बजे होटलको बाथ रुपमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन । घटनापछि फरार माझी र बम्जनलाई ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछाने नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले माझीलाई भोलिपल्ट बिहान चार बजे निजगढ ७ माझी टोलस्थित उनको दिदीको घरबाट र अर्का युवकलाई भने अघिल्लो रात नै टाँगियावस्तिको जंगलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय