निजगढ,       निजगढ नगरपालिकाको उत्कृष्ट विद्यालयहरु मध्ये एक नम्बरमा रहेको निजगढ ७ लच्कास्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई एनआईसी एसिया बैंकले प्राविधिक सामग्री सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको निजगढ शाखाले विद्यालयलाई दुई थान प्रोजक्टर र एक थान ल्याप्टप सहयोग गरेको बैंकका वीरगञ्ज सर्कल हेड गोपालप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले विद्यार्थीलाई पठन पाठनका लागि ल्याप्टप र प्रोजेक्टर उपयोगी हुने भन्दै सहयोगका लागि बैंकप्रति आभार व्यक्त गर्नुभएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बैंकका निजगढ शाखा प्रमुख राजु तिमल्सिना, कर्जा शाखाका मुकुन्द शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले यस वर्षको आधारभूत तहको कक्षा ८ को नगर स्तरीय वार्षिक परीक्षामा निजगढमा उत्कृष्ट नतिजा प्राप्त गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय