निजगढ,     निजगढ ७ को जनहित सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरुको आय आर्जनको लागि आजबाट सालको पातबाट दुना÷टपरी बनाउने तालिम सुरु गरेको छ ।

वन समूहको कार्यालयमा भएको दुना÷टपरी बनाउने तालिमको सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष एंव निजगढ नगरपालिकाका पूर्व अध्यक्ष रामजी बजगाईले गर्नुभएको थियो ।
समूहकी अध्यक्ष चन्द्रिका पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ सब डिभिजन वन कार्यालयकी वन अधिकृत शर्मिला नेपाल, तालिमका प्रशिक्षक रुक्माङ्गत खनाललगायतले तालिमको महत्व बारेमा बोल्नुभएको थियो । उहाँहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

वन उपभोक्ताहरुको आय आर्जनमा सहयोग पु¥याउने डिभिजन वन कार्यालय बारा सिमरा ‘सम्बृद्धिका लागि वन’ कार्यक्रमको सहयोगमा सुरु भएको सो तालिममा स्थानीय २० जना महिला सहभागी रहेका छन ।

तालिमपछि २ जनाले प्रतिदिन १ हजार ५ सय थानसम्म दुना÷टपरी बनाउन सक्ने र बजारमा खुद्रा मूल्यमा एक थान दुना÷टपरी १० रुपैयासम्ममा बिक्री हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय