निजगढ,   बाराको निजगढ नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसकी क्रियाशील सदस्य बिमला अधिकारीसहित ४९ जना कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन ।

नवप्रवेशीहरूलाई बारा क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अच्युतप्रसाद मैनाली, समानुपातिकतर्फकी उम्मेदवार अन्जु नेपाली, एमाले बारा क्षेत्र नम्बर १ क्षेत्रीय कमिटी संयोजक भरत भण्डारी, एमाले निजगढ चुनाव प्रचार संयोजक सुदर्शन कोइराला र एमाले निजगढ नगर पार्टी अध्यक्ष तिलक घलानलगायतका नेताहरूले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैबीच एमालेका उम्मेदवार मैनालीले आज पनि निजगढमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम जारी राख्नुभएको छ । उम्मेदवार मैनालीसहित एमाले कार्यकर्ताहरुले निजगढ नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ८ मा चुनावी घरदैलो गरेका हुन ।

घरदैलोमा उम्मेदवार मैनालीले विगतमा आफ्नो पहलमा क्षेत्रको विकासको लागि गरिका काम, आगामी योजना तथा क्षेत्रको समग्र विकासको प्राथमिकताबारे जानकारी दिँदै मतदातासंग मत माग्नुभएको थियो ।

मैनालीले निजगढमा भोलि पनि घरदैलो कार्यक्रम जारी राख्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय