
मेची महाकाली बुहारी संयुक्त आवाज बाराले हिजो सिंगौलमा वृक्षारोपण गरेको छ ।
निजगढ नगरपालिका ३ सिङ्गौलस्थित पिपलटार रंगशाला र टाँसी धार्गेलिङ्ग बौद्ध गुम्बा परिसरमा वृक्षारोपण गरेको मेची महाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका मगरले जानकारी दिईन ।
उनका अनुसार फुललगायत आँप, लिची र ड्रागन फ्रुट लगायत विभिन्न प्रजातिका फलको विरुवाहरु रोपिएको हो ।
महिला तथा बालकालिकाको सुरक्षाको क्षेत्रमा काम गर्दै आएको बुहारी आवाज सामाजसेवाका अन्य कार्यमा समेत सक्रिय हुदै आएको छ ।