निजगढ नगरपालिकाको वडा नम्बर ३ सिंगौलमा बेमौसमी तरकारी उत्पादक तालिम सुरु भएको छ । निजगढ नगरपालिकाको सहयोगमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रको आयोजनामा मंगलबारदेखि उपप्रमुख महिला अद्यमशिलता प्रवद्र्घन कार्यक्रम अन्र्तगत तालिम सुरु हुने भएको हो ।

सोमबार वडा नम्बर ३ स्थित सिंगौल गुम्बामा औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथी निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङ्ग, कार्यपालिका सदस्य मान बहादुर डासेली, शर्मिला सुनार, वडा सदस्य जित बहादुर लोप्चन, कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.लिका कार्यकारी निदेशक सरोज कोइराला लगाएतको उपस्थिति रहेको थियो ।

तालिमको उद्घाटन गर्दै उपप्रमुख थिङ्गले पछिल्ले समय महिलाहरु समेत उद्यमी बन्नतर्फ अग्रसर हुँदै गएको अवस्थामा यस किसिमको तालिमले महिलालाई आत्मनिर्भर बन्न ठूलो टेवा पु¥याउने बताईन । खास गरी आर्थिक अवस्था कमजोर भएर सिप सिक्न नसक्ने महिलालाई निःशुल्क रुपमा प्रदान गरिने यस्ता तालिमले उनीहरुको आर्थिक अवस्था सुधारमा सहयोग पु¥याउनेमा जोड दिईन ।

कार्यक्रममा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.लिका कार्यकारी निदेशक सरोज कोइरालाले यस संस्थाले निःशुल्करुपमा प्रदान गर्दै आइरहेको तालिमबाट आजसम्म धेरै जनशक्ति उत्पादन गरी स्वदेशमा नै आत्मनिर्भर बन्ने वातावरण तयार गर्नुका साथै वैदेशिक रोजगारीमा जादा समेत यहाँबाट सिकेको सिपका कारण राम्रो फाइदा पुगेको बताए । कोइरालाले निः शुल्क रुपमा प्राप्त गरेको कारण सहजै रुपमा नलिन प्रशिक्षार्थीलाई अनुरोध गरे । जनताकै करबाट संकलन गरेको रकमबाट सरकारले यस्ता कार्यक्रममा लगानी गरेको हुँदा तालिम अवधिभरी सहभागी भएर दक्ष भएर मात्रै निस्कन्छु भन्ने अठोटका साथ शिप सिक्न आग्रह गरे । कोइरालाले स्वरोजगारका कार्यक्रमलाई प्रवर्द्धन गरी स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा योजना रहेकोले कृषिकले समेत उत्पादन र उत्पादकत्वमा आत्मनिर्भर बन्न सकिने वातावरण तयार भएको बताए ।

तालिम ६५ दिनसम्म सञ्चालन हुनेछ भने तालिम पछि बेमौसमी तरकारी खेतीले कृषिका लागि उपयुक्त भई व्यवसायिकरुपमा अर्गानिक तरकारी उत्पादन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । कृषिका लागि सरकारबाट समेत विभिन्न सहुलिय र अनुदानका कार्यक्रम रहेको हुँदा त्यस्ता कार्यक्रमलाई किसानमुखी बनाउन कार्यालय एक्लाएक्लै रुपमा भन्दा सामूहिक रुपमा उत्पादन गरेर एउटै गाउँबाट बढी भन्दा बढी उपज निकासी हुने वातावरण बनाउन सके बजारको समेत समस्या नहुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय