
सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ।
जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा नेपालले ताइपेलाई २–० गाेल अन्तरले पाराजित गरेकाे हाे।
नेपालका लागि मिडफिल्डर सन्तोष तामाङ र नवयुग श्रेष्ठले गाेल गरे।
नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
उनले उक्त पेनाल्टीमा गोल गरेका हुन्।
८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए।