बाराको निजगढमा क्रियाशिल तीन वटा लायन्स क्लबले आईतबार निजगढ सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
निजगढ ९ देउराली पथ स्थित अस्पताल परिषरमा पुगेर लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पीस, लायन्स क्लब अफ सिटीले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

क्लबले तीन सय २० थान मास्क र ४ सेट पीपीई अस्पताल सञ्चालन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा अस्पतालका सचिव सागर दाहाल, सदस्य जगतकुमारी अधिकारी, माधव न्यौपाने, अस्पतालका डा. सतिस निरौला, डा. मुना साह लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

त्यसैगरि लायन्स क्लबका जोन चेयर पर्सन विनोद खरेल, पाष्ट जोन चेयर पर्सन दिपेन्द्र श्रेष्ठ, पीसका पवन श्रेष्ठ, लायन्स क्लब अफ सिटी मनोज रेग्मी, लायन्स क्लब अफ निजगढ पीसका पाष्ट प्रेसिडेन्ट विकास लामा, खड्गप्रसाद उप्रेती लगायत लायनहरु सहभागि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय