बारामा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाका ३६ जना, महागढिमाई नगरपालिकाका १७ जना, करैयामाई गाउँपालिकाका १० जना र कलैया उपमहानगरपालिकाका २ जना गरि एकैपटक थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
बारा जिल्लामा एकै पटक धेरै जनामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।
यससँगै बारामा कोरोना संक्रमितको संख्या ३८८ पुगेको छ जसमध्य १५८ जनाको उपचार भईरहेको छ भने ३८ जना होम आइसोलेसनमा छन। हाल सम्मा १९३ जना संक्रमुक्त भई घर फर्किए भने ७ जनाको ज्यान गएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले हाल बारामा जिल्लाभर समुदाय स्थरमा कोरोना संक्रमण फैलिएका कारण भोलिबाट लागुहुनेगरी अनिश्चित समयको लागी निषेधआज्ञा थप गरिएको छ ।
निषेधआज्ञालाई थप कडाइका साथ लागुगरिने प्रशासन कार्यालयले जनाएको छ । परिस्थिति सुधार नभए कर्फ्यु समेत लगाउने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय