पोखरा । पोखरामा एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिद चोकमा संयुक्त देशभक्त मोर्चासहित विभिन्न संघसंस्थाको आह्वानमा एमसीसीको विरोधमा १ घण्टा शान्तिपूर्ण रुपमा धर्नासहितको प्रदर्शन भएको हो ।

संयुक्त देशभक्त मोर्चा सहित राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, सिटीजन जुरी, नागरिक समाज कास्की लगायतका संघसंस्थाको आयोजनामा भएको प्रदर्शनमा एमसिसी चाहिँदैन, पचपन्न अर्बको लोभमा राष्ट्रियता बेच्न पाईंदैन, हाम्रो शान्ति भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नौं,म मरेपनि मेरो देश बाँचिरहोस् लगायतका नाराहरु लेखिएका प्लेकार्ड र ब्यानर सहित धर्ना दिइएको थियो ।

राष्ट्रहित विपरीत एमसीसी संसदबाट पारित गरिने षडयन्त्र सुरु भएकाले त्यसलाई रोक्न धर्नामा बसेको नागरिक समाज पोखराका पूर्व संयोजक विष्णु हरि अधिकारीले बताए ।

एमसिसीका उच्च अधिकारीको आसन्न नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेतासँग एमसिसी संसदबाट पारित गराउनु पर्ने कुरा उठाएपछि देशभक्त नेपाली जनतालाई त्रसित बनाएको उनको भनाइ छ।

संयुक्त देशभक्त मोर्चाले एमसिसी पारित गर्नका लागि नेपालका शासक र राजनीतिक दललाई प्रभावमा पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ । उसले नेपालाई एमसिसीको पासोमा पारेर दक्षिण एसियामा आफ्नो प्रभुत्व बढाउन चाहेको आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय