निजगढ,      निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैयानागमणी सामुदायिक वन उपभोक्ता समूहको १७ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामाले साधारण सभाको उद्धाटन गर्नुभएको हो । उद्धाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले वन क्षेत्रको संरक्षण, सदुपयोग र विकास कार्यमा उपभोक्ताहरुले मिलेर काम गर्नुपर्ने बताउनुभयो । निर्माणाधिन काठमाण्डौं–तराई÷मधेश दु्रतमार्गको प्रारम्भ विन्दु यसै समूहको वन क्षेत्रभित्र पर्ने भएकोले पर्यटकीय र आय आर्जनको दृष्टिले पनि महत्वपूर्ण रहेको बताउँदै वडा अध्यक्ष लामाले वन संरक्षणसंगै पर्यापर्यटकीय स्थलको रुपमा पनि विकास गर्न र उपभोक्ताहरुको जीवनस्तर सुधारका कार्यक्रम संचालन गर्न पनि सुुझाव दिनुभयो ।

कार्यक्रममा वन समुहका अध्यक्ष शालिग्राम ढुुंगानाले वार्षिक प्रगति प्रतिवेदन र आय ब्याय प्रतिवेदन वन समूहका कोषाध्यक्ष कृष्णप्रसाद खरेलको तर्फबाट समूहको कार्यालय सचिव हरी न्यौपानेले प्रस्तुुत गर्नुभएको थियो ।

उद्धाटन कार्यक्रममा सामुुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दुुर्गा कोइराला, सामुुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाई, तामागढी सव डिभिजन वन कार्यालय निजगढकी प्रमुुख वन अधिकृत शर्मिला नेपाल, डिभिजन वन कार्यालय बाराका वन अधिकृत ललन राउत, स्थानीय समाजसेवी सुुर्दशनप्रसाद कोइराला, भोलाप्रसाद गौतम, रामकुुमार दाहाल, मुुकुुन्द लामिछाने लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

वन समुहका अध्यक्ष शालिग्राम ढुुंगानाको अध्यक्षतामा सम्पन्न सो सभामा स्वागत मन्तव्य लक्ष्मीकुुमारी गौतम र कार्यक्रम सञ्चालन शारदा खड्काले गर्नुभएको थियो ।

२०६६ सालमा वन कार्यालयमा दर्ता भइ उपभोक्तामा हस्तान्तरण भएको बकैया सामुदायिक वन उपभोक्ता समूह र २०६७ सालमा दर्ता तथा हस्तान्तरण भएको नागमणि नागमणी महिला सामुदायिक वन उपभोक्ता समूहबीच एकीकरणपछि २०७३ सालदेखि बकैयानागमणी सामुदायिक वन उपभोक्ता समूह गठन भएको हो ।

कार्यक्रम निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय