निजगढ,   छिमेक लघुवित्त वित्तीय संस्था निजगढ शाखाले निजगढमा महिलाहरुको लागि आयोजना गरेको केराको परिकार तयार पार्ने ३ दिने तालिम आज सम्पन्न भएको छ ।

निजगढ ९ स्थित गौरीशंकर क्याम्पसको हलमा भएको सो तालिममा लघुवित्त संस्थामा आवद्ध ३० जना महिला सदस्यहरु थिए ।

सहभागीहरुलाई प्रशिक्षक भरत घिमिरेले केराको मम, फेन्चफ्राइ, अचार, चिप्सलगायत परिकार बनाउने सीप प्रदान गर्नुभएको थियो । तालिमका सहभागीहरुले तालिम उपयोगी भएको बताएका छन ।
तालिमका प्रशिक्षक घिमिरेले पनि तालिममा महिलाहरुको उत्साहाजनक सहभागिता रहेको बताउनुभयो ।

छिमेक लघुवित्त निजगढ शाखा प्रमुख रामरतन बछारले निजगढ नगरपालिका क्षेत्रमा केराको खेती धेरै हुने तर उपयोग गर्ने सीपको अभावमा किसानहरुले खासै फाइदा लिन नसकिरहेको अवस्थामा स्थानीयलाई उद्यमशील बनाएर आय आर्जन बढाउन तालिमले मद्दत गर्ने बताउनुभयो ।

निजगढ क्षेत्रका महिलाहरुमा समूहमार्फत बचत संकलन र लागानी गर्दैआएको सो संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीपमूलक तालिम, सुत्केरी भत्ता वितरण, सर्पदंशका बिारामीहरुको उपचार खर्च र दैविक प्रकोपमा परेका सदस्यहरुको लागि आर्थिक सहयोग गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय