राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढ नगर समितिको शनिबार भएको चौथोँ नगर अधिवेशनले केशव राउतको अध्यक्षतामा ३५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मानबहादुर सापकोटा (राजेन्द्र) र सर्जु थापा रहेका छन् भने सचिवमा सीता गौतम उप्रेती र कोषाध्यक्षमा सुश्मिता बस्नेत चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरूमा सावित्रीदेवी भारती, विनोद भारती, बाशुदेव तिमल्सिना, खड्गप्रसाद उप्रेती, भक्त दर्लमी, बैजु गुरो, खड्ग श्रेष्ठ, शेषा सापकोटा, रामप्रसाद तिमल्सिना, निर्मल खड्का, अनिता धामी, रेणु राउत, गिता महर्जन, लिलामाया आचार्य, पदम श्रेष्ठ, नरनाथ गौतम, माधव अधिकारी, कमान सिंह लामा, गंगा नेपाली, आकाश तिमल्सिना, शिव प्रधान, परशुराम भण्डारी, राजु हुमागाईं, कान्छामान लामा, मेघबहादुर कार्की, रामबहादुर खड्का, गोपिलाला जिम्बा, जयबहादुर श्याङ्तान, गौरी लामिछाने र पार्वती राईलगायत चयन भएका छन् ।

यसअघि खड्गप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको उद्धाटन सत्रमा राप्रपा मधेस प्रदेश अध्यक्ष भारत गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथि गिरीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय