निजगढ नगरपालिका– ८ स्थित बकैयामा रहेको श्री सप्तऋषि सेवा समिति धर्मशालामा अध्ययन गर्ने बटुकहरुको लागि लायन्स क्लब अफ निजगढ युथ र लायन्स क्लब निजगढ सिटी न्यानो कपडा, खाद्यान्न र किचेन सामग्री सहयोग गरेको छ ।

हंग्री सर्भिस सप्ताहा अन्तर्गत निजगढका २ वटा लायन्स क्लबहरुले धर्मशालामा अध्ययनको लागि बसेका बटुकहरुको लागि डबल बेड दुई थान, हिटर दुई थान, किचेन टेबल एक थान, चामल दुई बोरा, एक कार्टुन खाने तेल, दाल, नुन, मसला, बेसारलगायतका सामग्री वितरण गरेका हुन ।

लायन्स क्लबका जोन चियर पर्शन सुदर्शन दंगालको अध्यक्षतामा भएको सो सामग्री वितरण कार्यक्रममा सशस्त्र प्रहरी बेस निजगढका प्रहरी नायब उपरीक्षक संजीवकुमार अर्याल, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछाने, बकैया धाम व्यवस्थापन समितिकी अध्यक्ष विष्णु नेपाल, धामका गुरु अभिषेक ओझा, लायन्स क्लब निजगढ युथका प्रेसिडेन्ट राजकुमार श्रेष्ठ र लायन्स निजगढ सिटीका प्रेसिडेन्ट उमेश खड्का लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम लायन्स क्लब अफ निजगढ युथका संथापक अध्यक्ष अजित कोइराला इराजले सहजिकारण गरेका थिए।

बकैया धाममा गुरु अबिशेक ओझाले ६ जना बटुकलाई प्रतेक हप्ताको सोमबार, बुधबार, शुक्रबार वेद, कर्मकाण्ड शिक्षा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय