निजगढ, पूर्वमन्त्री तथा नेकपा एमाले नेता पुरुषोत्तम पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले छोडेर अन्य पार्टीबाट चुनाव नलड्ने बताउनुभएको छ । पार्टीले टिकट दिएको अवस्थामा बारा क्षेत्र नम्बर १ बाट चुनाव लड्न तयार रहेको पनि उहाँले बताउनुभएको छ ।
बारा क्षेत्र नम्बर १ आफूले राजनीतिक र सामाजिक काम गरेको क्षेत्र भएकोले सो क्षेत्रबाट चुनाव लड्ने इच्छा गरेको उहाँको भनाई छ । ‘यो क्षेत्रमा जनताको घरघरमा पुगेर संगठन विस्तार गरेको क्षेत्र हो, उहाँले भन्नुभयो, १ नम्बरबाट चुनाव लड्न कार्यकर्ता र मतदाताले पनि आग्रह गरेका छन ।’
एमाले र अन्य पार्टीका केही नेता र कार्यकर्ताहरुले पनि क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न आग्रह गरेको सुनाउदै उहाँले आफूले सो क्षेत्रबाट चुनाव नलड्न बताउनुभयो । ‘पार्टीका केही नेता÷कार्यकर्ता र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेताहरुले पनि बारा ४ बाट उम्मेदवारी दिन आग्रह गरेका छन, तर अर्को पार्टीबाट चुनाव लड्ने कुरा शंभव छैन ।’
बारा जिल्लामा लोकप्रिय नेताको छवि बनाउनुभएका पौडेललाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा) स्थानीय कार्यकर्ताहरुले सार्वजनिक रुपमा क्षेत्र नम्बर ४ बाट चुनाव लड्न आग्रह गरिरहेको बेला उहाँले यस्तो बताउनुभएको हो । जिल्लामा एमाले कार्यकर्ता र आमजनतामा पनि पौडेलको पकड बलियो छ ।
पार्टीभित्र बढेको विसंगति र विकृति विरुद्ध दहेसंग आवाज उठाउने पौडेल एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा पराजित हुनुभएको थियो । ‘महाधिवेशनमा चुनाव जितिदैन भन्ने थाहा थियो, तैपनि हामीले नीति, सिद्धान्त विचार र खराब प्रवृत्ति विरुद्धमा लडाइँ ग¥यौँ’ उहाँले भन्नुभयो, ‘हामी प्राविधिक ढङ्गले पराजित भयौँ, तर पराजयले भन्दा पनि हामीले चुनाव लड्यौँ त्यसले अर्थ राख्छ ।’
२०४८, २०५१, २०५६ मा बारा क्षेत्र नम्बर ३ बाट संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएका एमालेका पूर्व केन्द्रीय सदस्य पौडेल २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा बारा क्षेत्र नम्बर ६ बाट र २०७९ सालको उपनिर्वाचनमा बारा २ बाट उम्मेदवार बन्नुभएको थियो ।
२०५१ मा प्रतिनिधि सभा र २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित उहाँ झलनाथ खनालको नेतृत्वको सरकारमा छोटो अवधिको लागि खेलकुदमन्त्री समेत बन्नुभएको थियो ।



