निजगढ र अमलेखगंजमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । निजगढको शहिद चोकमा नेवि संघ र अमलेखगंजमा तमु क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

निजगढको शहिद चोकमा भएको कार्यक्रममा ४७ पुरुष ३ महिला गरी ५० जनाले र अमलेखगंजमा ३८ महिला र ३५ पुरुष गरी ७३ जनाले रगत दान गरेका छन ।

तमु क्लब अमलेखगञ्जले तमु लोसार पर्वको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ को कार्यालय कार्यक्रमको मुख्य सहयोगीको रुपमा रहेको थियो । कार्यक्रममा रेडक्रस सोसाईटी वीरगन्ज, कार्की पोलिक्लिनिक प्रालि र अक्कलबहादुर कार्की अस्पतालले प्राविधिक सहयोगी गरेको थियो ।

कार्यक्रमको उद्घाटन वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जीतपुरसिमराका वर्तमान तथा निवर्तमान जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, तमु क्लबका पदाधिकारी एवम् सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय