निजगढ,

निजगढ नगरपालिकमा पक्की छठीघाट निर्माण हुने भएको छ । निजगढ नगरपालिकाको १० लाख बजेटबाट निर्माण हुने सो छठीघाटको नगर प्रमुख सुरथ पुरीले शनीवार एक कार्यक्रमकाबीच धार्मिक विधिअनुसार पूजापाठ गरेर शिल्यान्यास गर्नुभएको छ ।

निजगढ ८ स्थित बकैया नदीको पूर्वी किनारामा बकैया पुलबाट उत्तरतर्फको नदी उकास क्षेत्रमा निर्माण हुने सो छठीघाट (पोखरी) ५० मिटर लामो र ३५ मिटर चौडा हुने छठीघाट निर्माण समितिका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिनुभयो । उहाँले घाट निर्माणपछि छठ पर्व मनाउने निजगढका श्रद्धालुहरुलाई सहज हुने बताउनुभयो । व्यवस्थित छठीघाटको अभावमा यसअघि निजगढमा श्रद्धालुहरुले बकैया नदी किनारको विभिन्न स्थानमा अस्थायी घाट बनाएर पूजा गर्दैआएका थिए ।

निर्माण समितिका अध्यक्ष विरेन्द्र महतोको अध्यक्षतामा भएको सो शिल्यान्यास कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, निजगढ नगरपालिकाकी पूर्वनगर उपप्रमुख लिालदेबी लामिछाने, नेपाली कांग्रेशका नेता शम्भुबहादुर बुढाथोकी, नेपाली कांग्रेश निजगढ सभापती नवराज तिमल्सिना, नेकपा एमाले निजगढका अध्यक्ष तिलक घलान, माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दङ्गाल, रास्वपाका रामहरी खरेल, एकिकृत समाजवादीका भिमसेन सापकोटालगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय