निजगढ,   बाराको निजगढ नगरपालिकामा होमस्टे÷होटल रेष्टुरेण्ट÷क्याण्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी २ दिने तालिम आजबाट शुरु भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको आयोजना र होटल तथा पर्यटन व्यवसायी संघ निजगढको व्यवस्थापनमा शुरु भएको सो तालिममा निजगढ नगरपालिका क्षेत्रका ५ दर्जनभन्दा बढी व्यवसायहीहरुको सहभागिता रहेको छ ।

तालिममा वरिष्ठ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख तथा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दहालले जंक फुड तथा यसको दुस्प्रभावबाट बालबालिकाहरूलाई बचाउने उपायको बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख एंव खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंहले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुहुने छ ।

त्यसैगरी खाद्य निरीक्षक अधिकृत प्रमोद बुढाथोकीले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि जानकारी र निरीक्षण अधिकृत प्रदीप संगौलाले खाद्य स्वच्छता कायम गर्न होटल रेष्टुरेन्टले पालना गर्नु पर्ने चेक लिस्ट एंव खाद्य निरीक्षक अधिकृत जगतप्रकाश चौधरीले र बारा पर्सा जिल्लाको होमस्टे होटल रेष्टुरेण्ट÷क्यान्टिन अनुगमनको अवस्था बारेमा सहभागीहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

निजगढ ९ स्थित होटल राजमार्गको सभा हलमा भएको सो तालिमको निजगढ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोरखबहादुर थापाले पानसमा बत्ति बालेर उद्याटन गर्नुभएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिनुभयो ।

होटल, रेष्टुरेन्ट तथा नास्ता पसलहरुमा बिक्री गरिने खाद्यान्नको गुणस्तर कायम राखेर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने र व्यवसाय प्रबद्र्धन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष घिमिरेको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय