निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ९ को कार्यालयले आफ्ना सेवाग्राहीहरुलाई कफी पिउने सुविधासहितको सेवा शुरु गरेको छ ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको लागि कार्यालयले आजबाट कफी सेवन गर्ने सुविधा उपलब्ध गराएको हो । चिसो मौसमलाई ध्यानमा राखेर सेवाग्राहीहरुको लागि कफी पिउने सुविधासमेत दिन थालिएको वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा आउने सेवाग्राहीहरुले इच्छाअनुसार कार्यालयमा राखिएको वाटर डिस्पेन्सरीको तातो पानी प्रयोग गरेर कफी सेवन गर्नसक्ने छन । वडा सचिव सोमसिं लामाले वाटर डिस्पेन्सरीकै छेउमा गिलास र कफीको प्याकेटर झुण्डाएर राखिएको र सेवाग्राहीहरुले इच्छाअनुसार प्रयोग गर्नसक्ने बताउनुभयो ।

स्थानीय युवा समाजसेवी तथा व्यवसायी राजन श्रेष्ठले गत साता कार्यालयलाई वाटर डिस्पेन्सरी उपलब्ध गराएपछि त्यसको प्रयोग गरेर कार्यालयले कफी पिउने व्यवस्था मिलाएको हो ।

जेनजी आन्दोलनको नाममा गत भाद्र २४ गते गरिएको आगजनीबाट कार्यालयका सामग्रीहरु जलाइएपछि समाजेवी श्रेष्ठले कार्यालयका सेवाग्राहीहरुलाई तातो र चिसो पानी पिउने सुविधानको लागि एक थान वाटर डिस्पेन्सरी उपलब्ध गराउनुभएको थियो ।

त्यसैगरी जेनजी आन्दोलनको क्रममा आगजनीमा परेर कार्यालयका सामग्री जलाइएपछि निजगढ नगरपालिका वडा नम्बर ६ कार्यालयलाई स्थानीय गणेश खाद्यान्न भण्डारले १ थान स्टील दराज र १० थान प्लास्टिक कुर्सी सहयोग गर्नुभएको छ । खाद्यान्न भण्डारका प्रोपराईटर रामप्रसाद हुमागाईले आज एक कार्यक्रमबीच कार्यालयलाई स्टील दराज र कुर्सी सहयोग गर्नुभएको वडा अध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिनुभयो ।

आगजनीबाट कार्यालयका सामग्री जलेर नष्ट भएपछि कार्यालयको सेवा प्रभावित हुदैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय