निजगढ,   नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले एमाले नेतृत्वको सरकार ढल्नुमा भूराजनीतिलाई मात्रै दोष दिएर नपुग्ने बताउनुभएको छ ।

शुक्रवार सकिएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले २२ गतेसम्म इतिहासकै शक्तिशाली सरकार कसरी ढल्नपुग्यो भन्ने बारेमा यथार्थ विश्लेषण जरुरी भएको पनि बताउनुभयो ।

पार्टी र सरकार संचालनमा देखिएका कमजोरीको पनि विश्लेषण गर्न आवश्यक रहेको उहाँको भनाई थियो । ‘एक दिनअघिसम्म तोप हाने पनि नढल्ने सरकार भनिएको थियो, उहाँले भन्नुभयो, भारतसंग सम्वन्ध सुध्रेको दाबी थियो, सीचीनफीङ तथा पुटिनसँग भेटघाट भएको र अमेरिका पनि पुगेर आइसकेका थियौँ । यस्तो अवस्थामा सरकार ढल्नु भूराजनितीमात्रै हो कि अरु पनि केही कारण छन खोजबिन गर्न जरुरी छ ।’

कुनैपनि घट्नाको लागी आन्तरिक कारण प्रमुख हुन्छभन्दै नेता पौडेलले सरकार ढल्नुमा पनि बाहिरी र आन्तरिक दुबै कारण प्रमुख रहेको बताउनुभयो ।

उहाँले हाम्रा शासकीय कमजोरी र आन्तरिक असन्तुष्टी कति थिए यस विषयमा अझ गहिरो विश्लेषण आवश्यक रहेको बताउनुभयो । पार्टी विधिहिनताको अवस्थाबाट गुज्रिएको र गुटबन्दीले पनि सीमा नाघेकोभन्दै अब विद्या भण्डारीलाई पार्टीमा बोलाउने काम गरिए राम्रो हुने उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय