निजगढ,

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सिमरामा ५१ किलोको मालाले स्वागत गरिएको छ । वीरगञ्जमा आयोजना भएको महिला सम्मलेनमा सहभागी हुन् आउने क्रममा भण्डारीलाई सिमरा विमानस्थलमा शनीवार बिहान ५१ किलोको मालाले स्वागत गरिएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्न नेकपा एमालेका केन्द्र, प्रदेश, नगर र वडा स्तरका कार्यकर्ता, सम्मेलन आयोजक समितिका पदाधिकारीहरु सिमरा विमानस्थल पुगेका थिए । भण्डारीलाई एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले मधेस प्रदेश कमिटी सदस्य चयन गुरुङ, राज महमद राय, कमलेश झा, ईश्वर ढकाल, जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाहसहितका नेताकार्यकर्ताले स्वागत गरेका थिए । भण्डारीको स्वागतमा सयौं सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

भण्डारीलाई स्वागत गर्न बाराको चार वटै निर्वाचन क्षेत्रबाट एमालेका कार्यकर्ता र स्थानीय उपस्थित थिए । भण्डारीले विमानस्थलको गेट बाहिरसम्म लामबद्ध भएर बसेका नेताकार्यकर्ता र स्थानीयसंग भेट गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीको आइतवार बाराको कलैयामा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । मदन भण्डारी फाउन्डेशनका अध्यक्ष राज मोहम्मद रायका अनुसार भण्डारीले बिहान गढीमाई मन्दिरको दर्शनपछि बिहान ११ बजे कलैयामा पार्टी कार्यकर्तासंग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय