तराइको बढ्दो गर्मी, निजगढ नगरपालिकाको चोक नजिक उत्तरपूर्वीमा साबित्री भारतीको घर अगाडि दाल, भात, आलुको भुजिया, टमाटरको अचार र एक बोतल पानि लिएर केही मनिस बसिरहेका छन् ।
लकडाउनका कारण मानिसहरु घरभित्रै बसिरहेका बेला यी मनिसलाई भने फुर्सद छैन । राजधानी काठमाडौंसहित पूर्वी जिल्लाहरुबाट पश्चिम र पश्चिमबाट पूर्व हिँडेका मजदुर र विपन्न परिवारलाई खानेकुरा खुवाउन उनीहरु खटिएका छन् ।
सगरमाथा साकोसले पैदल यात्रामा हिँडेको जस्ता कोही देख्नेवित्तिकै उनीहरुलाई बोलाउने, खाना दिने र पर बाटोमै पर्ने जंगल तर्फ गएर खानु है भन्दै पठाउदै गरिरहेका छन् ।
चर्को घाममा धापिएर आएका मजदुर तथा विपन्नले खाना पाउदा खुशी छन । चैत ११ गतेदेखि सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेपछि धेरै मानिस कार्यस्थलमा नै रोकिए ।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका मजदूद अहिले खाद्यान्न जोहो गर्न नसक्दा बरु हिँडेरै गाउँ फर्कन बाध्य छन् । हिजोआज दिनहुँजसो काठमाडौं र पूर्वदेखि पश्चिमका मानिसहरु हिँडेरै गन्तव्यमा जान थालेका छन् ।
हिँडेर आफ्नु गाउ तथा गन्तब्य जानलागेकाहरु निजगढमा निशुल्क खाना बितरन गरिएको सगरमाथा साकोसका अध्यक्ष भोला प्रसाद गौतमले बताए ।
खाना पाउनेहरुले भने : आत्मैदेखि धन्यवाद
बिभिन्न ठाउँबाट भोकै आइपुगेका रामप्रसाद चौधरीको गन्तब्य बर्दिया हो । उनी भोकले हैरान थिए । हेटौंडाबाट एक बोतल पानी लियर हिनेका उनीसँग भएको एक बोतल पानी पनि सकियको रहेछ । निजगढ चोक आएर उनले एक बोतल पानी समाए । पेटभरी खाने खाना लिएर गए । यहाँ आएर खान पाउँदा उनले ज्यान नै फूर्तिलो बनेको बताए । उनीसँगै अन्य केही मजदुर पनि थिए । खाना दिने सबैलाई भने ‘आत्मैदेखि धन्यवाद छ लौ गएम हैं ।’
चौधरीभन्दा केही पछि आएका कमलराज परियारको गन्तव्य हो, धरान । उनी हिँडेरै धरान पुग्ने आँट लिएर निजगढसम्म आएका थिए । विहानैदेखि भोकले रन्थनिएका परियारले यहाँ आएर खाना खान पाउँदा औधी खुसी लागेको बताए । काठमाडौंमा घर बनाउने काम गर्ने परियारले भने ‘काठमाडौंमा कोही छैन, कसैलाई मतलव छैन, यहाँ त मन भएका मान्छे रहेछन्, भोको पेट भरिदिने सबैलाई धन्यवाद दिन्छु ।’



