निजगढ,      बाराको निजगढ नगरपालिका वडा नम्बर ७ मा संचालित कान्तिपुर पोल्ट्रीले फर्ममा कार्यरत मजदुरहरुको सम्मानमा आज ‘कामदार सन्ध्या’ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा उत्कृष्ट कामदार, ग्राहक, आपूर्तिकर्ता र संचारकर्मीहरुको सम्मान गरिएको थियो । सो अवसरमा वर्ष कर्मचारीको रुपमा खगड सिंह जर्घा, उत्कृष्ट क्षमता प्रदर्शन गर्ने कामदारको रुपमा राजुकुमार घिमिरे, उत्कृष्ट कामदारको रुपमा सपना बर्तौलालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यसैगरी कठिन श्रम गर्ने कर्मचारीको रुपमा ओमनारायण मानन्धर, कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने सावित्री दवाडी, उत्कृष्ट प्राविधिक सहयोगी खुसीराज दहाललाई पनि पुरस्कृत गरिएको छ ।

त्यस्तै वर्षको उत्कृष्ट ग्राहकमा प्रकाश दाना उद्योग सर्लाही मलगंवाका राजेन्द्र साह, उत्कृष्ट आपूर्तिकर्ता निजगढ ८ को स्ट्याण्डर एग्रोका केदारप्रसाद चौलागाईलाई पनि सम्मान गरिएको थियो ।
पुरस्कृत कर्मचारीहरुलाई कान्तिपुर पोल्ट्रीका निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कान्तिपुर पोल्ट्रीका संचालन नवराज पौडेल, श्रीमती सुशिला बराललगायतले सम्मान गरेका थिए ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संचालक नवराज पौडेलले फर्मको अवस्थाबारेमा जानकारी गराउनुभएको थियो । कर्मचारीहरुलाई हालै १ महिनाको तलब बराबर बोनस वितरण गरेको र रसुवाको भोटेकोशी बाढीपीडितको लागि १ लाख २ रुपैया सहयोग गरेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रमा नगर प्रमुख पुरी र रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेले स्थानीयको रोजगारी सृजनामा तथा व्यवसाय प्रबद्र्धनमा कान्तिपुर पोल्ट्रीले पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमको संचालन पत्रकार लक्ष्मी पाण्डेले गर्नुभएको थियो ।

०७२ सालमा स्थापना भएको सो पोल्ट्रीमा हाल ४० जना कामदार कर्मचारी कार्यरत छन । पोल्ट्रीले बार्षिक १८ लाख कुखुराको चल्ला उत्पादन गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय