निजगढ,         भोटेकोशी बाढी प्रभावितहरुको लागि निजगढका युवाहरुको टोली आज राति राहत सामाग्री लिएर धादिङ्गतर्फ प्रस्थान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा स्थानीय युवाहरुले निजगढमा संकलन गरेको १ ट्रक खाद्यान्न, पानी र लत्ताकपडासहितको सामाग्री १२ चक्के ट्रकमा राखेर बाढी प्रभावित क्षेत्रतर्फ लगिएको हो ।

राहत संकलन अभियानका अभियान्ता दिपक सापकोटाले दिएको जानकारी अनुसार चामल, दाल, मिनरल वाटर, चाउचाउ, बिस्कुट, लत्ताकपडालगायत दैनिक आवश्यक सामग्री बोकेर टोली बाढी प्रभावित क्षेत्रतर्फ लागेको हो । सापकोटाले आफूहरुले संकलन गरेको सामाग्री धादिङ्गस्थित नेपाली सेनाको ६ नम्बर गणमा बुझाउने र नेपाली सेनाले नै उक्त सामाग्री बाढी प्रभावितहरुमा वितरण गर्ने जनाउनुभयो ।

स्थानीय साथी सहकार्य समूहसहितको सहयोगमा युवाहरुले भोटेकोशी बाढी पीडितहरुलाई वितरण गर्नभन्दै निजगढका व्यवसायी र दाताहरुबाट राहत सामाग्री संकलन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय