निजगढ,    सेवाबाट अनिवार्य अवकास प्राप्त गर्नुभएका निजगढ नगरपालिका वडा नम्बर ७ का कार्यालय सचिव धर्मराज लामिछानेको सोमवार एक कार्यक्रमबीच बिदाई गरिएको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर लामालगायत वडा सदस्यहरू दिलबहादुर पुलामी मगर, भगवती घिमिरे, सुभद्रा विश्वकर्मा, कविता लामा, वडा सचिव सोम सिँह लामालगायत जनप्रतिनिधि र कर्मचारीहरुले लामिछानेलाई खादा, माला र अविर लगाएर सम्मानपत्रसहित लामिछानेको बिदाई गरेका हुन ।

सम्मान पत्रमा लामिछानेले दत्तचित्त भई, निष्ठा र इमानदारिताका साथ कार्यालयबाट लामो समयदेखि जनसेवामा काम गरेकोभन्दै प्रशंसा गरिएको छ । लामिछानेले उमेर हदका कारण गत चैत्र १४ गतेबाट सेवाबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो ।

साविक भरतगंज गाविसमा पशुस्वास्थ्य कार्यकर्ताको रुपमा सेवा प्रवेश गर्नुभएका लामिछानेले ७ नम्बर वडा कार्यालय लगायत निजगढका विभिन्न वडा कार्यालयहरुमा सेवा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय