कलैया,  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता, पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाको विरोधमा आइतबार कलैयामा विरोध प्रदर्शन गरिएको छ ।

ओली र लेखकलाई निवासबाट पक्राउ गरिएलगत्तै एमालेले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रम अन्तर्गत एमाले बाराले जिल्ला प्रशासन कार्यालय कलैयामा ज्ञापनपत्र बुझाएर विरोध ¥याली निकालेको हो ।

प्रदर्शनपश्चात एमाले कार्यकर्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय बारामार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाएको छ । सो पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष ओली र लेखकको पक्राउलाई प्रतिशोधपूर्ण र गैरकानूनी रहेको उल्लेख गर्नुभएको छ ।

कानूनी शासनको मर्म विपरित ओली र लेखकलाई पक्राउ गरिएकाले घटनाको एमाले बाराले भत्र्सना गर्ने जनाँउदै पाण्डेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष एवम् न्यायिक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग गठन गर्नसमेत माग गर्नुभएको छ ।

विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू बलबीर चौधरी, मोबिन आलम, मधेश प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य सुन्दर विकलगायत विभिन्न तहका नेता तथा जनसंगठनका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

भदौमा भएको ‘जेन–जी’ आन्दोलनको क्रममा प्रदर्शनकारीहरुको मृत्यु भएको विषयलाई लिएर गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा वर्तमान सरकारले ओली र लेखकमाथि फौजदारी लापरवाहीको आरोपमा अनुसन्धान अघि बढाएको हो । एमालेले भने यसलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेकोभन्दै देशव्यापी प्रदर्शन गर्दैआएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय