सरकारले निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरूले छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गर्न नपाउने निर्णय गरेको छ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकमा निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे पनि छलफल भएको थियो।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका आइजिपी, सशस्त्र प्रहरी बलका आइजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सेनाका प्रतिनिधि सहभागी थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय