बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शम्भुबहादुर बुढाथोकीले आदर्श कोतवाल गाउँपालिकामा चुनावी अभियानलाई तीव्र बनाएका छन। बिहीबार उनले वडा नम्बर १, ३ र ५ का विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग घरदैलो कार्यक्रम सञ्चालन गर्दै आफ्ना प्राथमिकता र प्रतिबद्धताबारे जानकारी गराएका हुन।

घरदैलोका क्रममा बुढाथोकीले स्थानीय आवश्यकताअनुसार विकास योजना अघि बढाउने, रोजगारी सिर्जना गर्ने, कृषि तथा पूर्वाधार क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले जनतासँग प्रत्यक्ष संवादमार्फत सुझाव संकलन गर्दै आफू जनताको आवाज संसदसम्म र्पुयाउने बताए।

क्षेत्र नम्बर १ कांग्रेसका अनुसार उम्मेदवार बुढाथोकीले भोलि पनि आदर्श कोतवालका अन्य वडाहरूमा पुगेर भेटघाट तथा छलफललाई निरन्तरता दिने कार्यक्रम रहेको छ। गाउँगाउँमा पुगेर पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको योजना स्पष्ट पार्ने उद्देश्यले अभियान अघि बढाइएको जनाइएको छ।

घरदैलो कार्यक्रममा स्थानीयले अविर, फूलमाला तथा खादा लगाएर उम्मेदवार बुढाथोकीलाई स्वागत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय