निजगढ,
निजगढ नगरपालिका कार्यालयले नगरकाका विभिन्न ३ स्थानमा आगामी माघ २८ गतेदेखि नसर्ने रोगहरुको स्क्रिनिङ्ग शिबिर संचालन गर्ने भएको छ ।
वार्षिक कार्यक्रम अन्तर्गत नगरपलिकाले वडा नम्बर २, वडा नम्बर ५ र वडा नम्बर ११ मा दक्ष चिकित्सक र स्वास्थ्य प्राविधिकहरुको टोलीमार्फत सर्वसाधारणको रक्तचाप, सुगर, पिसाबमा गुल्कोज, प्रोटिन एंव पिएच लेबल तथा शरीरको अवस्थालगायतको जाँच र नसर्ने रोगहरुको प्रारम्भिक स्क्रिनिङ्ग परीक्षण गर्न लागेको हो ।
शिबिर सम्बन्धि नगरपालिकाले जारी गरेको सूचनामा वडा नम्बर २ को सभा हलमा माघ २८ गते र वडा नम्बर ५ को वडा कार्यालय भवन वागदेवमा माघ २९ तथा वडा नम्बर ११ को रतनपुरी स्वास्थ्य चौकीमा फागुन १ गते बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शिबिर संचालन गरिने जनाइएको छ ।



