निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योती सामुदायिक वन उपभोक्ता समूहमा खड्गबहादुर मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
आज भएको साधारणसभाबाट मोक्तान दोस्रो कार्यकालको लागि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा रामकुमार सिंजाली मगर, सचिवमा रत्नकुमारी बतौला, कोषाध्यक्षमा भवानी श्रेष्ठ, र सहसचिवमा निर्मला आचार्य चुनिनुभएको छ ।
त्यसैगरी समितिको सदस्यमा नारायण अधिकारी, गोविन्दप्रसाद बजगाई, मुकुन्दप्रसाद पौडेल, विष्णुबहादुर राय, ललिमाया लामा, खड्गबहादुर लामा, सविता भहतो, विन्दा महतो, सृजना नेपाली र सरिता संञ्जेल निर्वाचित भएको छ ।
त्यस्तै साधारणसभाले हरिप्रसाद पण्डित संयोजक रहेको ३ सदस्यीय लेखा समिति र रामजी बजगाई, घनश्याम लम्साल, हरिप्रसाद अधिकारी र रोहीणी अधिकारी सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।
लेखा समितिको सदस्यमा समुन्द्र नेपाल र प्रविन खड्की सदस्य रहनुभएको छ ।
यसअघि साधारण सभाको बन्द सत्रले अध्यक्ष मोक्तानले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भवानी श्रेष्ठको आयव्याय विवरण सर्वसम्मतिमा पारित गरेको थियो ।
यसअघि साधारण सभाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरीले उद्धाटन गर्नुभएको थियो । अध्यक्ष मोक्तानको अध्यक्षतामा भएको उद्धाटन समारोहमा नगर प्रमुख सुरत पुरी, उपप्रमुख सोममाया थिङ्ग, डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झा, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाई, निजगढ नपा वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामालगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।



