आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि बारा क्षेत्र नं १ बाट निजगढका ६ जनाको उम्मेदवारी परेको छ ।

उनीहरुमध्ये ३ जनाले दलगत र ३ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन । निजगढ ९ का शम्भुबहादुर बुढाथोकीले नेपाली कांग्रेस, निजगढ ८ का सन्तोष दङ्गालले नेपाली कम्युष्टि पार्टी र निजगढ १३ का शुक्रदोर्जे गोलेले मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट उम्मेदवारी दिएका हुन ।

त्यसैगरी स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमा निजगढ ९ की प्रेमकुमारी थापा खडका, निजगढ ७ का रोशन उप्रेती र विदुर खरेल रहेका छन ।

निर्वाचन कार्यालयले दिएको जनकारी अनुसार क्षेत्र नम्बर १ बाट कुल २० जनाले उम्मेदवारी दर्ता गरेका छन । जसमा एमालेबाट अच्युत मैनालीले उम्मेदवारी दिनुभएको छ भने जनता समाजवादी नेपाल पार्टीबाट रामबाबु यादव, उज्यालो नेपाल पार्टीबाट अनवर अंसारी, जनमत पार्टीबाट कमरुल्लाहा अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीनारायण प्रसाद साह कलवारले उम्मेदवारी दिएका छन ।

एमालेका मैनाली, रास्वपाका धिमाल र राप्रपाका कलवार कोल्हबी नगरपालिकाका बासिन्दा हुने भने जसपा नेपालका यादव, उज्यालोका अनवर र जनमतका कमरुल्ला सिम्रौनगढ नगरपालिकाका बासिन्दा हुन ।

त्यसैगरी सो क्षेत्रबाट आमजनता पार्टीबाट उम्मेदवारी दिने विजय यादव रौतहटको फतुवा विजयपुरका बासिन्दा र श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका भुलावन पासवान बारागढी गाउँपालिकका बासिन्दा हुनुहुन्छ ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार भूवनप्रसाद चौधरी, स्वतन्त्रकी रविना चौधरी र स्वतन्त्रकै सीमाकुमारी तिमल्सिना पनि कोल्हबी नगरपालिका र स्वतन्त्रबाट उम्मेदवार बनेका लक्ष्मीनारायण प्रसाद साह सिम्रौनगढ नगरपालिका र जयकिशोर पाण्डे आदर्शकोतवाल गाउँपालिकाका बासिन्दा हुन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय